काठमाडौँ- केपी ओली नेतृत्वको सरकारले कमजोर मुद्दा लगाउँदा बिजय गच्छदार जेलमुक्त भएको आरोप राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले लगाएका छन् ।
बिडारीले राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै अहिलेको सरकार आउनासाथ गच्छदार छुटेको भनी प्रतिपक्षी नेकपा एमालेले गरिरहेको टिप्पणीप्रति यस्तो आक्रोश पोखेका हुन् ।
बिडारीले भने, “ओलीजीले राम्रोसँग मुद्दा नलगाइदिएर फुत्किन सक्नेगरी महन्थ ठाकुरसँग जस्तै टाकटुक कुरा मिलाएर अगतिलो मुद्दा हाल्दिएछन्, पक्राउ गरेनछन् । डेढ वर्षसम्म भात खुवाएर नेपालमै घुमाएर राखेछन्।”
उनले थपे, “यो सरकार आउनासाथ झ्याप समातेर ट्याप अदालतमा पुर्याइदियो । अदालतले गरेको आदेशलाई फेरि यहाँ विवाद गर्ने ? अदालतका ती न्यायाधीश अहिले यो पालामा नियुक्ती भएका हुन्? यो सरकारले अदालतमा बुझायो भनेर रिस उठेको हो ?”
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलतर्फ संकेत गर्दै बिडारीले थपे, “कि छोराको नाउँमा जग्गा भाको जस्तो मुद्दै नलगाइदिने गरेको भए हुन्थ्यो ।”
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार विशेष अदालतबाट १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस