काठमाडौँ- जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकको पदक तालिकामा जापान शीर्ष स्थानमै कायम रहेको छ । चीन र अमेरिकालाई पछि पार्दै जापान शीर्ष स्थानमा पुगेको हो ।
जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित कूल १८ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले नौ स्वर्ण, आठ रजत र आठ कास्य पदक प्राप्त गरेको छ भने चीनले नौ स्वर्ण, पाँच रजत र सात कास्य हात पारेको छ । यस्तै सात स्वर्ण, सात रजत र चार कास्य पदक प्राप्त गर्दै रसिया पदक तालिकाको चौथो स्थानमा छ ।
यसैगरी चार स्वर्ण, पाँच रजत र चार कास्य पदकका साथ बेलायत पाँचौं स्थानमा रहँदा तीन स्वर्ण, दुई रजत र पाँच कास्यसहित दक्षिण कोरिया छैटौं स्थानमा रहेको छ । अस्टे«लिया तीन स्वर्ण, एक रजत र पाँच कास्यका साथ सातौं तथा क्यानडा दुई स्वर्ण, तीन रजत र तीन कास्य पदक जित्दै आठौं स्थानमा रहेको छ ।
दुई स्वर्ण, दुई रजत र तीन कास्यका साथ फ्रान्स नवौं तथा जर्मनी दुई स्वर्ण र तीन कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेका छन् । ओलम्पिकमा सहभागमध्ये हालसम्म ५६ देशले पदक प्राप्त गरेका छन् ।
नेपालबाट चार खेलमा पाँच खेलाडी सहभागी भएकामध्ये तीन जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् । अब नेपालबाट सहभागी पौडीकी गौरिका सिंह र एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस