काठमाडौँ- आज पनि नेकपा एमालको सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठक बस्दै छ । यसअघि दुईसम्म चलेको बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझाव अनुमोदन गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलो दिनको बैठकले विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो । बैठकले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे पनि हालसम्म पत्र भने पठाइएको छैन । आन्तरिक छलफल तथा कारबाहीपछि पार्टीभित्र पर्ने असरको समीक्षापछि मात्र पत्र पठाइने र कारबाही गरिने एक नेताले बताएका छन् ।
मंगलबारको बैठकमा प्रदेश संयोजकहरुले पार्टीको अवस्था तथा कारबाहीले पार्ने असरबारे आफ्नो धारणा राखेका थिए । केन्द्रीय कमिटीको बैठकमा आ–आफ्नो प्रदेशको अवस्थाको बारेमा रिर्पोटिङ गर्दै प्रदेश अध्यक्षहरुले एमालेभित्र देखिएको अन्यौलताले पार्टीलाई अगाडि बढाउन समस्या पर्ने भन्दै छिट्टै समाधान गरी लयमा फर्काउनुपर्ने बताएका हुन् ।
मंगलबारको बैठकमा सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापा, कर्णालीका अध्यक्ष गोरख बोगटी, लुम्बिनीका अध्यक्ष लिला गिरी, गण्डकीका अध्यक्ष जगत विश्वकर्मा, बागमतीका अध्यक्ष आनन्द पोखरेल, प्रदेश २ का अध्यक्ष ज्वालाकुमारी साह र प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले आ–आफ्नो प्रदेशको संगठनात्मक अवस्था, राजनीतिक शक्ति सन्तुलनको अवस्था र पार्टी गतिविधिको सम्बन्धमा रिर्पोटिङ गरेका थिए ।
समानान्तर पार्टी गतिविधि सञ्चालन गरिरहेको माधव नेपाल पक्ष भने बैठकमा सहभागी भएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस