लमजुङ- लमजुङमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट ३४ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
ट्राफिक प्रहरी प्रमुख लमजुङका प्रहरी नायब निरीक्षक महेन्द्र रानाभाटले गत आर्थिक वर्षमा पाँच हजार ४७६ वटा सवारीसाधन कारवाहीमा परेको र त्यसबापत उक्त रकम संकलन भएको जानकारी दिएका छन् ।
२०७७ साउनदेखि २०७८ असार मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गरी कारवाहीमा पर्ने सवारी साधानमा सबैभन्दा धेरै दुई पांग्रे सवारीसाधान रहेका रानाभाटले जानकारी दिए । कारवाहीमा परेका दुई हजार ९१ दुई पांग्रे सवारीसाधनबाट १३ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै, एक हजार ४२० कार र जिप कारवाहीमा परेका छन् । उक्त कारवाहीमा परेका कार र जिपबाट ८६ हजार राजस्व संकलन भएको छ । ट्राफिक प्रहरीका अनुसार ८९१ ट्रक/ट्रिपर, ७१३ ट्रयाक्टर, ३३६ बस र अन्य २५ सवारीसाधन कारवाहीमा परेका छन् । ट्रक/ट्रिपरबाट ५२ हजार ७००, ट्रयाक्टरबाट चार लाख ८६ हजार ५००, बसबाट एक लाख ९८ हजार र अन्य सवारीसाधनबाट १७ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै, सोही अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ४९ जना कारवाहीमा परेका छन् । उनीहरुबाट ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । प्रहरीका आर्थिक वर्ष २०७६/७७ मा ट्राफिक कारवाहीबाट ३१ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । उक्त अवधिमा चार हजार ८२५ सवारी कारवाहीमा परेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस