काठमाडौँ- वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कोरोना संकटका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष सतप्रतिशतले कमी आएको छ । यो संख्या ३ वर्षअघि अर्थात आर्थिक वर्ष २०७५–०७६ को तुलनामा लगभग साढे दुई गुणा कम हो । यसमा पनि प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेकोे छ ।
कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या शतप्रतिशत भन्दा बढीले कमी आएको छ । अघिल्लो आवमा ३ लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या घटेर १ लाख ६६ हजार ३०५ मा सिमित भएको छ । ३ वर्ष अघि यो संख्या ५ लाख ७ हजार ८१७ थियो ।
विश्वव्यापी कोराना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्यामा कमी आए पनि रेमिट्यान्स भने घटेको छैन । वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यालाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र युएई जाने नेपाली संख्या एक वर्षमा २ लाख ५७ हजार भन्दा कमी भएको छ । आर्थिक वर्ष २०७५–०७६ मा कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या ३ लाख ९८ हजार रहेकामा गत आवमा सो संख्यामा २५० प्रतिशत कमी आएर १ लाख ४१ हजार ९७७ पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस