काठमाडौँ- आज नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने जानकारी दिएका छन् । आजको बैठक विशेषगरी संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल हुने केन्द्रीय सदस्यसमेत रहेका तामाङले बताएका छन् ।
एमाले साउनको अन्तिममा विधान अधिवेशन गर्ने तयारी गरेको छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी ह्वीप विपरित केही सांसदले विश्वासको मत दिएको विषयमा पनि आजको बैठकमा समीक्षा हुने तामाङले बताएका छन् । हिजो बसेको स्थायी कमिटी बैठकले पार्टीको ह्वीप उल्लंघन गर्नेहरु एमालेमा नरहने निर्णय गरेको थियो । तर सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन हुँदा ह्वीप नलाग्ने र पार्टी ह्वीप नजान्नेलाई कारबाही हुन नसक्ने फैसला सुनाइएकाले अरु कारण देखाएर उनीहरुलाई पार्टीबाट निष्काशन गर्ने एमालेको तयारी छ ।
हिजो देउवालाई एमाले अध्यक्ष ओली पक्षका ८ र वरिष्ठ नेता नेपाल पक्षका १४ जना सांसदले विश्वासको मत दिएका थिए । १० जना सांसद मतदानमै सहभागी भएनन् । तामाङका अनुसार भोट हाल्ने र नहालेर बाहिरिनेका विषयमा के गर्ने भन्ने विषयमा पार्टीले निर्णय गर्ने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस