काठमाडौँ- नवनियुक्त महान्यायाधीवक्ता खम्मबहादुर खातीको यसअघिको प्रचलन विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण समारोह शीतल निवासमा आयोजना गर्न अस्वीकार गरेकी छन् ।
खातीले राष्ट्रपति भण्डारीको अस्वीकारसँगै सर्वोच्च अदालतमा सपथ ग्रहण गरेका छन् । महान्यायाधीवक्तालाई प्रधानन्यायाधीशले सपथ खुवाउने व्यवस्था छ ।
खातीलाई राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशले सपथ खुवाउने भएकाले उतै परिपत्र गरिएको जानकारी दिएको थियो । यसअघि राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायधीशले सपथ खुवाउने गरेको भए पनि यसपटक राष्ट्रपति भण्डारी उपस्थित भइनन् ।
यसअघिका सरकारका पालामा नियुक्त दुई महान्यायाधीवक्ता अग्नि खरेल र रमेश बडालले भने राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले राष्ट्रपति कार्यालयमा नै शपथ खुवाएका थिए ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दाको भाषालाई लिएर असार २९ गते राष्ट्रपति र प्रधानमन्त्रीबीच असमझदारी उत्पन्न भएको थियो । सोही अनुसार, देउवाको सपथ समारोह अढाइ घण्टा ढिलो भएको थियो । राष्ट्रपति (कार्यालय)को पछिल्लो भूमिकालाई प्रधानमन्त्रीमा देउवा आगमनलाई नरुचाएको अर्थमा विश्लेषण भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस