काठमाडौँ- आवश्यकता अनुसार खोप केन्द्र बढाएर सहज वातावरण बनाउन मुख्य सचिव र स्वास्थ्य सचिवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्य तथा जनसंख्या मन्त्री लक्ष्मण अर्याललाई देउवाले खोप केन्द्रमा लामो लाइन लागेकाले जनलाई असहज बनेको भन्दै यस्तो निर्देशन दिएका हुन् ।
आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन देउवाले निर्देशन दिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हालिरहेका छन् । सरकारले पछिल्लो पटक कोरोनाविरुद्धको भेरोसेल खोप ५५ वर्ष र सो भन्दा माथि उमेर समूहका नागरिक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, शिक्षक शिक्षिका, विदेश जाने नागरिक, सरकारले तोकेको अत्यावश्यक सेवाका व्यक्तिलाई लगाइरहेको छ ।
यस्तै जोनसन एण्ड जोनसोन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्व अति अशक्त, अपांगता भएका व्यक्ति, नेपालमा बसिरहेका सरणार्थी, स्वास्थ्य तथा सरसफाइकर्मीलाई लगाइरहेको छ । खाेप केन्द्रमा लामाे समय लाइनमा बस्नुपर्ने बाध्यता छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस