काठमाडौँ- आज बिहीबार नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्ने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार बैठक आज दिउँसो २ बजे बोलाइएको हो । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको १४ औै महाधिवेशनको छलफलका लागि बैठक बोलाएका हुन् । बैठकमा पार्टीको महाधिवेशनको तयारीको विषयमा सम्बधित भएर छलफल हुने छ ।
मुख्य सचिव पौडेलले पार्टीको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका तयारी गरिरहेको त्यस विषयमा नेताहरुबीच छलफल हुने बताएका छन् ।
त्यस्तै, पौडेलले निर्वाचन निर्देशिका निर्माण भइरहेको र त्यसमा केही कमिकमजोरी र विधानका विषयमा समस्या देखिए आजको पदाधिकारी बैठकमा छलफल हुने जानकारी दिएका छन् । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस