काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ ।
एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङका अनुसार आज बस्ने स्थायी कमिटी बैठक अगाडी दुई नेताबीच भेटवार्ता हुने छ । अध्यक्ष ओलीले नेता नेपाललाई टेलिफोन गरेर भेटका लागि प्रस्ताव गर्ने र त्यसपछि भेटको समय तय हुने नेम्बाङले जानकारी दिएका छन् ।
नेम्बाङले नेता नेपाललाई भेटेपछि आज स्थायी कमिटी बैठक पनि बस्ने बताएका छन् । आजको स्थायी कमिटी बैठकमा गएराति एकता विवाद समाधानका लागि बसेको कार्यदलको बैठकले गरेका सहमती पत्रको अनुमोदन गर्ने नेता नेम्बाङको भनाइ छ ।
अध्यक्ष ओलीले भोलिका लागि एमाले केन्द्रीय कमिटी पनि बोलाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस