काठमाडौँ- राष्ट्रपतिले संविधान पालना नगरेका कारण राजनीतिक सङ्कट उत्पन्न भएको
राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले बताए । विडारीले राष्ट्रिय सभाको बैठकमा बुधबार बोल्दै सांसद राष्ट्रपतिले संविधान उल्लङ्घन गर्दै जे पनि गर्ने अवस्था आएको उल्लेख गरेका छन् ।
उनले भारतमा ७० वर्षसम्म राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको विषयमा कहिल्यै विवाद नभएको बताउँदै नेपालको संविधानको धारा ७६ को उपधारा १ देखि ५ सम्म स्पष्ट रूपमा लेखे पनि राष्ट्रपतिले त्यसलाई पालना नगरेको बताएका छन् ।
उनको अनुसार लोकतान्त्रिक देशहरू भारत क्यानडा, अस्ट्रेलियामा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको र त्यहाँ कहिल्यै विवाद भएको छैन ।
उनले भने, “यदि नेपालको संविधानमा पनि राष्ट्रपतिले प्रधानमन्त्रीलाई नियुक्त गर्ने छ लेखेको भए, आहा म त मेरै भाइलाई नियुक्त गर्छु, संविधानले त राष्ट्रपतिलाई पूरा अधिकार दिएको छ । भाइलाई गर्न पाइँदैन, अरूलाई गर्न पाउँदैन भनेर लेख्या छैन । त्यस कारण म त गर्छु भन्ने खालका परिस्थिति देशमा आयो । यो बढो विडम्बनाको परिस्थिति हो ।”
उनले नेपालमा संविधान बनाउने बेलामा भारतले ठुलो दबाब दिएको बताउँदै संविधान नबनाऊ भनेर दूत पठाएको बताएका छन् । उनले संविधान बनेपछि त्यही बेलामा संविधान खत्तम गर्ने योजना त्यही बेलामा बनेको उल्लेख गर्दै सांसद विडारीले संविधान बनाउने बेलामा धारा ७६ को बारेमा बोलेका कुराको रेकर्ड गायब पारिएको उल्लेख गरे ।
उनले दोस्रो संविधानसभामा भएको छलफलको रेकर्ड नै गायब पारिएको उल्लेख गरेका छन् । सांसद विडारीले प्रतिनिधि सभाले प्रधानमन्त्री चुन्न पाउनुपर्नेमा प्रतिनिधि सभाको अधिकार समेत आफूले खोसेर लिनु बेइमानी भएको बताएका छन् ।
उनले एउटै प्रधानमन्त्रीले दुई दुई पटक संसद् विघटन गर्नु घोर महाअपराध भएको उल्लेख गरे । उनले भने–‘यस्तो अक्षम्य अपराध संसारका कुनै पनि तानासाहले गर्दैन । प्रतिनिधि सभा जनताको सभा हो । चुनाव त संविधानले भने अनुसार हुन्छ । प्रधानमन्त्रीले भने अनुसार हुने हो र ? हाम्रो संविधानमा त्यो लेखेको छ र ? संविधानले जे लेख्छ चुनाव त्यही बेलामा हुन्छ ।’ उनले प्रधानमन्त्री र राष्ट्रपतिले राजनीतिक बेइमानी गरेको उल्लेख गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस