वि.सं.२०७८ साल असार २० गते । आईतबार । ईश्वी सन् २०२१ जुलाई ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि– दशमी,बेलुकी ०७ बजेर ०४ मिनेट उप्रान्त एकादशी । नक्षत्र–अश्विनी,बिहान ११ बजेर १३ मिनेट उप्रान्त भरुणी । योग–सुकर्मा,दिउसो ०३ बजेर ०१ मिनेट उप्रान्त धृति । करण– वणिज,बिहान ०८ बजेर १२ मिनेट उप्रान्त भद्रा,बेलुकी ०९ बजेर ०४ मिनेट उप्रान्त बव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मीन,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी २९ पला । विश्व सहकारी दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समाजसमा प्रतिष्ठित काम गर्दै नाम कमाउन सकिने छ । मन मिल्ने मित्र तथा आफन्तको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिने छ । पहिले गरिएका लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने हुनाले मन प्रसन्न हुने छ । अध्ययनमा प्रगती भएर जाने तथा प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिने छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यावसायमा अरुकै करकापमा लगानी बढाउदा फाईदा नहुन सक्छ । काममा प्रशस्त समय खर्चिए पनि न्युन आम्दानिमा चित्त बुझाउनु पर्ने छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य समस्या आउन सक्छ । तरपनि यात्रा गर्न चाहनेहरुका लागी समय उत्तम रहेको छ । विदेशमा बसेर काम गर्नेहरुका लागी समय उत्तम रहने छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सिमित स्रोत तथा साधनबाट असिमित आवस्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्ने छ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादीहरुले फसाउन सक्छन् । दाजुभाई तथा आफन्तलाई बिश्वास गर्दा धोका पाईने छ । माया प्रेममा एक अर्का बीच मनमुटाव हुने तथा पति पत्नी बीचको सम्बन्धमा अविश्वास बढ्ने छ । अन्यत्रै ध्यान मोडिदा पढाइ लेखाइमा पछी परिने छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेको छ । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरि आए बढाउन सकिने छ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ भने प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिने छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
जिम्मेवारी सफलता पुर्वक बहन गरि छुट्टै पहिचान बनाउन सकिने छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्ने छ भने लामो दुरिको धार्मिक यात्रा हुने प्रवल योग रहेको छ । खोजीमुलक काममा लाग्दा आफन्त तथा शुभचिन्तकहरुको सहयोग प्राप्त हुने छ । रोकिएर बसेका कामहरु मन्द गतिमा भएपनि अन्तत पार लगाउन सकिने छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
कष्टभावमा गोचर गर्ने चन्द्रमाले खानपान तथा वाहिरी वातावरणको ध्यान दिनु होला । सामाजिक जिम्मेवारी प्राप्त भएपनि समयमा जिम्मेवारी वहन गर्न नसक्दा आलोचना हुन सक्छ । लामो समय देखिको प्रेम सम्बन्ध टुट्न सक्छ ध्यान दिनु होला । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिने छ । तरपनि रिसर्च पर्सनका लागी समय उत्तम रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जाने छ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउने छ । पढाइ लेखाइमा छात्रछात्राले राम्रो नतिजा ल्याउने छन् । घरबाहिर लिने अडानले राम्रो उपलब्धी हासिल हुने छ । भौतिक सम्पती तथा बिलाशी बस्तुकोे प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न हुने छ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहने छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कुनैपनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडी बढ्न सकिने छ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुने छन् । नोकरिमा बढुवा हुने योग रहेको छ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुने छ । पछी लाभहुने काम सुरु गर्न सकिने छ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउने छ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुने छन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिद्या तथा प्रतिस्पर्धामा सहपाठिहरुलाई पछी पार्दे पुरस्कार तथा प्रशंसा पत्र हात पार्न सकिने छ । शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय फस्टाएर जाने छ । भाग्यले प्रेमपात्र जुराउनेछ भने मन परेका मानिसबाट उपाहार प्राप्त हुने छ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुँदा मन प्रशन्न हुने छ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुने छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चनु पर्ने छ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेको छ । आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुने छ भने लामो दुरिको यात्राको तय हुने छ । प्रेममा एकअर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ । तरपनि कृषि तथा सहकारी व्यावसाय भने फस्टाएर जाने छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रतिस्पर्धामा सहभागी हुनु परेपनि प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिने छ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिने छ । लेखन,कला तथा साहित्यमा रुची बढ्ने छ । प्रेमी जोडीहरुका लागी समय उत्तम रहेको छ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउने छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने छ । रमाईलो गर्दा गर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनु होला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुने छन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस