काठमाडौँ- विश्वासको मत नपाएको प्रधानमन्त्रीले फेरि त्यही पदमा दाबी गर्न नमिल्ने कानुन व्यवसायीहरूले प्रतिनिधिसभाबाट जिकिर गरेका छन् । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गर्ने क्रममा शेरबहादुर देउवालगायत १ सय ४६ जना निवर्तमान सांसदको पक्षबाट बोल्दै उनीहरूले एउटा प्रधानमन्त्री असफल भएपछि अर्कोका लागि बाटो छाड्नुपर्ने तर्क गरेका हुन् ।
विश्वासको मत लिनु अनिवार्य सर्त रहेको उल्लेख गर्दै त्यसलाई नाघेर प्रक्रिया अघि बढाउन नमिल्ने वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बताएका छन् । उनका अनुसार कोरोना महामारीको तेस्रो लहरको त्रास चलिरहेको अवस्थामा मुलुकलाई जबर्जस्ती निर्वाचनमा धकेल्न हुदैन ।
संविधानको धारा ७६ ले वैकल्पिक सरकारको सम्भावनालाई ज्यादा जोड दिनुको आधारबारे संविधान निर्माणका क्रममा चलेका चर्चा र छलफल अधिवक्ता दीनमणि पोखरेलले प्रस्तुत गरेका छन् । उनले प्रधानमन्त्रीको मुर्ख्याइँका बलमा बारम्बार प्रतिनिधिसभा विघटन भएकाले बरु वैकल्पिक सरकार बनोस् भन्ने उद्देश्यले संविधानको धारा ७६ (५) राखिएको बताएका छन् ।
त्यस्तै, प्रतिनिधिसभाबाट विश्वासको मत नपाएको प्रधानमन्त्रीको सल्लाह र सुझाव मान्न राष्ट्रपति बाध्य नहुने उनको तर्क थियो । राष्ट्रपतिले कतिपय अवस्थामा विज्ञहरूको सल्लाह सुझावका आधारमा चल्नुपर्ने भन्दै यसपटक भने ओलीका अनुकूल हुने निर्णय मात्रै गरेको आरोप उनले लगाएका छन् । उनको एकपटक विश्वासको मत नपाएको प्रधानमन्त्रीलाई फेरि प्रधानमन्त्री बनाएर राष्ट्रपतिले संविधानलाई ‘यान्त्रिक रूपमा’ प्रयोग गरेको टिप्पणी थियो ।
प्रधानमन्त्रीले लिखित जवाफ र अन्यत्रको अभिव्यक्तिमा समेत आफूले गत पुस ५ मा चालेको कदम सही रहेछ भनेर पुष्टि गर्न खोजेको अधिवक्ता पोखरेलको आरोप थियो । प्रधानमन्त्री संविधानको पालना र कार्यान्वयन गर्न चुकेको तर्क गर्दै उनले संवैधानिक नैतिकताको पालनै नभएको आरोप लगाए । यो विषयमा राष्ट्रपतिको भूमिका पनि संविधानसम्मत नहरेको उनको भनाइ थियो । उनले भने , “भोलि के हुन्छ भन्ने आधारमा आज राष्ट्रपतिले निर्णय लिन मिल्दैन । संविधानअनुसार दाबी पेस गरेपछि विश्वासको मत लिने अवस्था छ कि छैन भनेर परीक्षण गर्ने अधिकार राष्ट्रपतिलाई छैन ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस