काठमाडौँ- विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका छन् ।
उनले आफ्नै सरकारी निवास बालुवाटारमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै यसले गणतन्त्र नै संकटमा पर्ने तर्क गरेका हुन् ।
ओलीले भने, “मैले एकपल्ट भनेको थिएँ, रिसाएको बिरालोले खामो चिथोर्छ भनेर, अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चल्याछ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन चलेको छ । हिजो पनि भूतपूर्वहरुको लस्करले मिट द प्रेस गरेको देखेँ, त्यसमा पनि राष्ट्रपतिभन्दा राजै ठूलो भन्नेमा उहाँहरु पुग्नुभयो।”
राष्ट्रपतिलाई हामीले जे अधिकार दिएका छौं त्यसमा सिमित हुनुपर्ने र त्यसैमा सिमित रहेको उनले दाबी पनि गरेका छन् ।
उनले भन, “तर मलाई उहाँहरुका सम्बन्धमा केही भन्नु छैन, यो आ-आफ्नो कल्चरल लेबलको कुरा होला । अर्को कुरा गणतन्त्रप्रतिको वैरभाव पनि होला भित्री रुपमा।”
विपक्षी गठबन्धनका नेताहरु असभ्य र अमर्यादित समाज निर्माणतर्फ लागेको ओलीको आरोप छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस