काठमाडौँ- राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्राटुक्रा पारेको जिकिर अधिवक्ता गोविन्द शर्मा बन्दीले गरेका छन् । उनका अनुसार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनसम्बन्धी निर्णयको नियत खराब रहेको छ ।
बन्दीले भने, “मध्यराति विघटनको जुन निर्णय गर्नुभो, त्यसमा नियत खराब देखिन्छ । पार्टीको सहमती वा विमती यो उपधाराले खोजेको छैन । उपधारा १ देखि ५ सम्मको प्रधानमन्त्री केपी शर्मा ओली नै बन्नुपर्छ भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ । संविधानको म्यान्डेट भन्दा बाहिर गएर राष्ट्रपतिले निर्णय गर्नुभयो । धारा ७६ (५) मा आधार प्रस्तुत गरेमा नियुक्त गर्नुपर्नेछ भन्ने व्यवस्था संविधानमा छ । उपधारा ५ ले दल वा दलको समर्थन चाहिने कुरा बोलेको छैन । आधार प्रस्तुत गरेमा प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ ।”
उनले सो क्रममा संविधानको धारा धारा ७६ (५) को सरकार बन्न ४ को प्रक्रिया पुरा गर्नुपर्छ भनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोधेको प्रश्नमा बन्दीले भने, “प्रधानमन्त्रीले मैले विश्वासको मत पाउन सक्ने अवस्था नभएको हुनाले ५ को प्रक्रिया पुरा गरिपाँउ भन्नुभएको छ । यदि विश्वासको मत पाउन सक्ने अवस्था छैन भनेको अवस्थामा विश्वासको मत नपाए सरह हुनेछ ।”
उनले थपे, “राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्रा टुक्रा पार्नुभयो । राष्ट्रपतिको सोच हरेक धारामा केपी ओली नै चाहिन्छ भन्ने छ तर, धारा ७६ (५) अनुसार देउवा चाहिन्छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस