काठमाडौँ- देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दृढता व्यक्त गरेका छन् ।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्रकी नेतृ तथा पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई चितवनमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले सो अवसरमा बोल्दै समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफू लडिरहने बताएका छन् ।
उनले भने, “तपाईंहरु सबै सचेत हुनुहुन्छ। संविधान दुर्घटना हुन पनि दिदैनौँ । धेरै नपाली जनता सचेत रहेकाले र राजनीतिक दलभित्र पनि नेता कार्यकर्ता राष्ट्र प्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जानै दिइँदैन । गणतन्त्र लोकतन्त्र पनि बच्छ र राष्ट्रियता माथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ ।”
उनले देशको समसामयिक राजनितिक अवस्था बारे चर्चा गर्दै अहिले राजनीतिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनैपनि राजनीतिक दुर्घटना हुन नदिई देशलाई जोगाउन आफूहरु क्रियाशील रहेको उल्लेख गरे ।
नेपाली जनताको वलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई जसरी पनि रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडी बढाउने अध्यक्ष प्रचण्डले बताएका छन् ।
अध्यक्ष प्रचण्डले आफुले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रस्ताव सहित एमालेसँग पार्टी एकता गरेको बताउँदै प्रधानमन्त्री केपी ओलीले त्यसलाई चकनाचुर पारेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीको तानाशाही शैली अब देशले धान्नै नसक्ने बताउँदै छिट्टै देशले निकास पाउने विश्वास समेत व्यक्त गरेका छन् ।
सो अवसरमा अध्यक्ष प्रचण्डले स्वर्गीय हरिप्रसाद पण्डितले कम्युनिस्ट आन्दोलनलाई ठुलो योगदान दिएको भन्दै पौडेल प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
पौडेलको ९० बर्षको उमेरमा असार २ गते निधन भएको थियो ।
सोमबार साँझ चितवन पुगेका अध्यक्ष प्रचण्डले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा केही दिन अघिको अविरल बर्षाले निम्त्याएको बाढीले डुबानमा परेको वडा नं. २६ को सिसई लगायतका क्षेत्रको अनुगमन गरेका थिए । उनी आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस