काठमाडौँ- अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा योगको उत्पति नेपालमै भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनको भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको भनाइ छ ।
उनले भने, “योगको उत्पति भारतमा भएको होइन। त्यो समय भारत भन्ने देश नै थिएन । त्यहाँ रजौटा थिए । स-साना राज्यहरु थिए । त्यसैले योगको उत्पत्ति नेपाल वा उत्तराखण्डमा भएको हो । त्यही भन्नुपर्थ्यो ।”
उनले नेपालसँग कस्तुरी भएपनि त्यसको चर्चा गर्न नसकेको बताएका छन् । उनले यसको अन्तर्राष्ट्रियकरण गर्न नसक्दा पछि परेकोबताएका छन् ।
उनले भने, ‘”हामीले हाम्रा ऋषिमुनिलाई कहिल्यै उद्धरण गरेनौं । फलानो प्रोफेसर भनिरह्यौं । हामीले हाम्रो कुरा राखेनौं। विश्वव्यापीकरण गर्न सकेनौं । उत्तरायनको सवैभन्दा लामो दिनलाई अन्तराष्ट्रिय योग दिवस मनाउने प्रस्ताव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभयो । अन्तर्राष्ट्रिय मान्यता पायो ।”
उनले महर्षि पतञ्जलीको जन्म पनि यहीँ भएर अभ्यास पनि यही भूमिमा भएको बताएका छन् । यसैगरी योगका कपिलमुनि मात्रै होइन, आयुर्वेदका महर्षि चरक जस्ता विद्वान यहीँ जन्मिएको बताए ।
उनले थप भने, “शुश्रुत जस्ता विद्वान यहीँ जन्मिएका हुन् । २७-२८ सय वर्षअघि शल्यक्रिया यहीँ गण्डकी किनारमा त्रिवेणीमा अभ्यास भएको हो । हिमाली जडिबुटीको अध्ययन बनारसमा बसेर गर्न सकिँदैन । राम लक्ष्मणलाई शिक्षा दिन विश्वमित्र कोशी तरेर पश्चिम आएका थिए। अयोध्यापुरी यहीँ थियो। बाल्मिकी आश्रम यहीँ थियो। सीताले समाधि प्राप्त गरेको देवघाट यहीँ थियो। सत्य कुरा भन्न पनि हच्किने अवस्था छ। चेतनाले एउटा भन्छ, मुखले अर्को भन्ने गरेको पाइन्छ। इतिहास र सभ्यतालाई बंग्याउन पाइँदैन ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस