काठमाडौँ- मंगलबार राति आएको भीषण वर्षाले सिन्धुपाल्चोकको नदीहरुमा आउँदा तटीक्षका सयौं घर डुबानमा परेका छन् भने दर्जनौं बेपत्ता भएका छन् । सामाजिक संजाल फेसबुकमार्फत मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले ५० औं जना बेपत्ता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
उनले बाढीले मेलम्ची खानेपानीको ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार क्षतविक्षत बनाएको जानकारी दिएका छन् । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको समेत बताएका छन् ।
बाढीपछि जमेका बालुवायुक्त माटोले घरका दोस्रो तलासम्म ढाकेको छ । प्रहरीले कम्तीमा १० जना सम्पर्कविहीन भएको जनाएको छ ।
सुरक्षा निकायका तीन वटै निकायले मंगलबार मात्रै विपद्बाट जुध्नका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकै दिन सिन्धुपाल्चोकमा आएको विपद् र त्यसको उद्दारमा भएको कठिनाइले भने अझै तयारी नपुगेको स्पष्टै देखाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस