काठमाडौँ- आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुको बैठक सभामुख अग्नीप्रसाद सापकोटाले आव्हान गरेका छन् ।
शिर्ष दलहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई समेत बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
बैठक आज अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा तय गरिएको छ ।
जेठ ८ मा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कार्तिक २६ र मसिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदम बारेमा परामर्श लिन यसअघि पूर्वसभामुखहरु कानुन व्यवासयी एवं राजनीतिक दलका नेताहरुसंग छुट्टाछुट्टै भेट गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली भने सर्वदलीय बैठकमा नजाने भएका छन् । प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उनी नजाने जानकारी दिए।
सल्लाहकार थापाले भने, “प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र पुगेको रहेछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार हो । प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन । भेटेर छलफल गर्ने हो । यसरी बोलाएको बैठकमा उहाँ सहभागी हुनुहुन्न।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस