काठमाडौँ- आज बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने माग र प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासका न्यायाधीशद्वय दीपकुमार कार्की र डा. आनन्दमोहन भट्टराईका सवालमा महान्यायाधिवक्ता रमेश बडालले ‘लफडा’ मच्चाउँदै अघिल्लो इजलासमा प्रवेश गरेको हुँदा त्यसको छिनाफानो गरी रिटमाथि सुनुवाई हुनेछ ।
सोमबार-मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अस्वस्थ भएपछि इजलास रोकिएको थियो । आजदेखि फेरि संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । प्रतिनिधि सभा पुन:स्थापना हुनुपर्ने रिटका निवेदकहरूले संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश चयन हुनुपर्छ भन्ने आग्रह गरेपछि प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा न्यायाधीश सामेल गरेका थिए ।
तर महान्यायाधिवक्ता बडालले ‘अस्वाभाविक शैली’मा वरिष्ठ न्यायाधीशहरूमाथि प्रश्न उब्जाएपछि आइतबारको इजलास पनि रिटको विषयवस्तुमा प्रवेश गर्न पाएको थिएन । आजको संवैधानिक इजलासले त्यो विषयको छिनोफानो भएपछि रिटको विषयवस्तुमा प्रवेश गर्नेछ ।
प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सामेल छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसामु प्रधानमन्त्री पदमा संविधानतः स्पष्ट बहुमत पेश गर्दागर्दै पनि त्यसलाई उनले अस्वीकृत गरेकी थिइन् ।
त्यसअतिरिक्त प्रतिनिधि सभा विघटन गर्ने सरकारी प्रस्तावलाई पनि राष्ट्रपतिले तत्कालै अनुमोदन गरेकी थिइन् । देउवाले १४६ निवर्तमान सांसदको हस्ताक्षरसहित सर्वाेच्च अदालतमा रिट दिएका थिए । त्यसअतिरिक्त कानुन व्यवसायीले दिएको रिटसहित ३० रिटमाथि सुनुवाइ हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस