विराटनगर- आज सोमबार प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन सुरु हुँदै छ । प्रदेशसभा सचिवालयले यसका लागि प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संसदीय पत्रकार र सांसदहरूको पीसीआर परीक्षण गरिसकेको छ ।
शनिबार स्वाब परीक्षण गरिएकामध्ये २ जना चालक, २ सुरक्षाकर्मी र एक जना पत्रकारको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रदेशसभाका प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोख्रेलले बताएका छन् । अधिवेशनको पहिलो बैठकमा संसदीय दलका नेताहरूले शुभकामना मन्तव्य दिने र प्रदेश आर्थिक कार्यविधि ऐन (दोस्रो संशोधन) संशोधन अध्यादेश पेस हुने कार्यसूची छ ।
प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनमा बजेट ल्याउनुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अध्यादेशमार्फत ५ दिन कायम गरेर संशोधन गरेको छ ।
यसैबीच प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलको आइतबार बैठक बसेको थियो । समयमा ध्यानाकर्षण गराउँदासमेत प्रदेश सरकारले बजेट अधिवेशन आह्वान नगरी पूर्वबजेट छलफललाई औपचारिकतामा मात्रै सीमित गर्न अध्यादेशमार्फत ऐन संशोधन गरेकाले आपत्तिजनक भएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए ।
कोरोना महामारीलाई देखाएर पूर्वबजेट छलफललाई औपचारिकतामा सीमित गर्ने प्रदेश सरकारको काम आपत्तिजनक भएको जनता समाजवादी पार्टीका नेता जयराम यादवले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस