१) हिजो आज सबैलाई चर्चित , भाईरल हुने रोग लागेको छ । सोसियल मेडियाले हामीमा त्यो भोक जगाएको छ । फोटो पोष्ट गर्दा होस वा कुनै स्टाटस लेख्दा होस , धेरै भन्दा धेरै लाईक , सेयर , कमेन्टको हामी सबैले अपेक्ष गरेका हुन्छौ । आफू चर्चित हुनका लागि जानिबुझि कन अफवाह फैलाउने वा फण्डा चलाउने गरेको देखिन्छ ।
२) केही ब्यक्तिले अफवाहलाई आफ्नो बिज्ञापनको माध्यम बनाउने र ठगि धन्दा चलाउने उपायको रुपमा लिएको पनि पाईन्छ । आफुलाई माता , ज्योतिषी भन्नेहरु यसमा लागेको देखिन्छ । कालो बजारी गर्नेहरुले पनि अफवाह फैलाउन सक्छन् ।
३) अफवाह फैलाउनेहरु मानसिक रोगी पनि हुन सक्छन् । यस्ता केही मानसिक रोग छन जसको कारण यी रोग लागेका ब्यक्तिले जानि नजानि अफवाह फैलाईरहेका हुन्छन् ।
लेखक
४) असामाजिक ब्यक्तित्ब नामक मानसिक रोग भएका ब्यक्तिहरु समाजलाई दुख दिएर आफू रमाउन खोज्छन । यस्ता ब्यक्तिहरु चाहिदो नचाहिदो हल्ला चलाउने , समाजको शान्ति सु ब्यबस्थामा खलल पुर्याउने , हत्या , हिंसा , बलत्कारका घटना घटाउन पनि तल्लीन देखिन्छन् ।
५) मेनिया (उन्माद ) मानसिक रोग भएका ब्यक्तिहरु आफु शक्तिशाली भएको , जस्तो सुकै समस्या हल गर्न सक्ने , जस्ता पत्याउनै नसक्ने कुरा गर्छन । गुरु हु , माता हु भन्नेहरु धेरै जसो यसै रोगका बिरामी हुन ।
६) अफवाह फैलाउनेमा यिनिहरु पनि भेटिन्छन् । उनिहरुले भनेको कुरामा बिस्बास गरि पछाडी लाग्ने अन्धभक्तहरु पनि धेरै हुन्छन । साथै आफ्नो गुरुले गरेको भबिस्यबाणी बा अफवाह नमिल्दा आत्महत्या गर्न पछि नपर्ने स्बाँठ पनि ।
७) सिजोफ्रेनिया अन्तरगत पर्ने कडा मानसिक रोग Grandiose delusion disorder भएको ब्यक्तिमा आफुसँग ठूलो शक्ति , क्षमता , बिश्व ब्रह्माण्डको ज्ञान भएको बिद्धान , ट्यालेन्ट , संसारको सबै ज्ञान आफुलाई प्राप्त भएको, भुत , भबिष्यको कुरा सबै बताउन सक्ने र संसारलाई चमत्कार गरेर देखाउन सक्छु भन्ने मतिभ्रम हुन्छ । यसै मतिभ्रम कारण अफवाह फैलाउने गर्छ । हेर्दा यस्तो ब्यक्ति स्वस्थ्य नै जस्तो देखिन्छ तर उ मानसिक रोगको सिकार भएको हुन्छ ।
लेखक मनोविद हुन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस