बाँके- कोरोना संक्रमित थप तीन जनाको बाँकेका अस्पतालमा मृत्यु भएको छ।
अस्पतालले संक्रमित बिरामीहरूको उपचार भैरहेको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीनजना संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ।
मृत्यु हुनेहरूमा बढैयाताल गाउँपालिका–६ बर्दियाका ४२ वर्षीय पुरुष, बढैयाताल–२ का ४५ वर्षीया महिला र टिकापुर नगरपालिका–८ का ७७ वर्षीय पुरुष रहेका जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले बताएका छन् ।
यो सँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २९० जना र जिल्लाकै २९३ जनाको मृत्यु भइसकेको छ । बाँकेमा अहिले संक्रमण दरसँगै मृत्युदर पनि घटिरहेको छ । जिल्लाका भन्दा जिल्ला बाहिरबाट संक्रमित बिरामीहरू उपचारका लागि अहिले बढि आइरहेका छन् ।
स्थानीय प्रशासनले संक्रमण जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा जारी राखेको छ । निषेधाज्ञा जारी रहेपनि बजारमा चहलपहल भने दिन प्रतिदिन बढिरहेको छ ।
चिकित्सकहरूले संक्रमण दर कम भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस