काठमाडौं- काठमाडौं उपत्यकामा कडाइपूर्वक लागू गरिएको निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भएको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच यसबारे छलफल भइरहेकाे जानकारी दिएका छन् । उनले निषेधाज्ञा भने एक साता थप्नेगरी छलफल भएको बताए।
उनले भने, “अझै कोरोना जोखिम छ। संक्रमणदर केही घटेपनि मृत्युदर घट्न सकेको छैन, त्यसैले एक साता निषेधाज्ञा थप्ने विषयमा छलफल भएको छ, निषेधाज्ञा थपिएपनि खाद्यान्न पसल खोल्न दिनेलगायत केही क्षेत्रमा सहजीकरण गर्ने भन्ने कुरा भएको छ, निर्णय भने बैठकमार्फत नै गरिनुपर्छ।”
गत शनिबार तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको बैठकले १४ गतेबाट निषेधाज्ञामा कडाइ गरेको थियो ।
अहिले खाद्यान्न पसल समेत खोल्न दिइएको छैन । सार्वजनिक र इन्टरनेट सेवा प्रदायकको गाडी समेत दिउँसोको समयमा चलाउन रोक लगाएको छ। जारी निषेधाज्ञा २० गते सकिँदैछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस