काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । बालुवाटारस्थि निवासमा बस्ने गरी पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् । सचिव तामाङले दिउँसो ४ बजे बस्ने स्थायी कमिटी बैठकले यसअघि स्पष्टीकरण सोधिएका नेतामाथि हुने कारबाहीको विषयमा निर्णय गर्ने बताए।
आजको बैठकले विपक्षीले गठबन्धनको तयार गरेको रिटमा हस्ताक्षर गर्ने थप सांसदलाई समेत कारबाही प्रक्रिया अघि बढाउने तामाङको भनाइ छ। तामाङले बैठकमा चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे समेत छलफल हुने बताए।
यसअघि ८ जेठमा बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। स्पष्टीकरण बुझाउन दिइएको समय समाप्त भइसकेको छ।
यसअघिको बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस