काठमाडाैँ- आज सोमबार विपक्षी गठबन्धनले संसद विघटन बदर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट हाल्दै छन् ।
हिजो रिट पेश गर्ने भनिए पनि सांसदहरुको हस्ताक्षर संकलन लगायतका तयारी नपुगेको कारणले आज विपक्षी सर्वोच्च अदालत जान लागेका हुन् ।
विपक्षी गठबन्धनका १४९ जना सांसदहरुको हस्ताक्षरसहित रिट हाल्ने तयारी छ । नेताहरुकाे याे संख्या बढ्न सक्ने गठबन्धनका दाबी छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका सबै सांसदहरु भौतिक रुपमा नै अदालतमा उपस्थित भएर रिट हाल्ने तयारी भइरहेको जानकारी आइतबार दिएका थिए ।
रिटका लागि सत्तारुढ नेकपा एमालेका तर्फबाट २० जना सांसदले हस्ताक्षर गरिसकेका छन्। एमालेका तर्फबाट हस्ताक्षर गर्ने सांसदकाे संख्या अझै बढ्ने दाबी गरिएकाे छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र जसपा र जनमाेर्चाले पनि आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ।
कार्यालय समय सुरु भएलगत्तै (१० बजे) रिट हाल्ने जाने विपक्षीको तयारी छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस