भक्तपुर- भक्तपुरमा हाल ४ हजार ३७३ सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये १३६ पुरुष र १०३ महिला गरी २३९ जना अस्पताल र आइसोलेसन केन्द्रमा उपचाररत छन् भने २ हजार १६३ पुरुष र १ हजार ९७१ महिला गरी कुल ४ हजार १३४ जना होम आइसोलेसनमा छन् ।
त्येस्तै, भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४२ पुरुष र ७१ महिला गरी २१३ पुगेको छ।
सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकामा ७९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यहाँ ५६ पुरुष र २३ महिलाको मृत्यु भएको छ। त्यसैगरी भक्तपुर नगरपालिकामा ३५ पुरुष र २३ महिला गरी ५८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले त्यस्तै सूर्यविनायक नगरपालिकामा ३५ पुरुष र १८ महिला गरी ५६ जनाको मृत्यु भएको जानकारी दिए । चाँगुनारायण नगरपालिकामा हालसम्म २३ संक्रमितको मृत्यु भएको मिजारले बताए। यहाँ मृत्यु हुनेमा १६ पुरुष र ७ महिला छन् ।
भक्तपुरमा कोरोना संक्रमितहरुमध्ये ७४ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल १७ हजार ५७६ संक्रमितमध्ये १२ हजार ९९० संक्रमणमुक्त भएका छन् । जुन ७३ दशमलव ९० प्रतिशत हो। संक्रमणमुक्त भएकाहरुमध्ये ७ हजार २३६ पुरुष र ५ हजार ७५४ महिला छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस