बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका हुन् ।
वैशाख २८ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका सियारी–३ रुपन्देहीका २९ वर्षिय पुरुषको बुटवल धागो कारखानाको आईसीयूमा सोमबार साँझ ७ः२७ बजे मृत्यु भएको हो ।
यस्तै, जेठ २ गते भर्ना भएका तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षिय पुरुषको सोमबार साँझ ५ बजे प्रादेशिक अस्पतालको इमर्जेन्सीमा र बुटवल–१२ का ४० वर्षिय पुरुषको सोमबार साँझ ६ बजे अस्पताल पुर्याए लगत्तै मृत्यु भएको डा. विष्णु गौतमले बताए ।
जेठ २ गते भर्ना भएका खनदह अर्घाखाँचीका ४३ वर्षीय पुरुषको पनि धागो कारखानाको आईसीयूमै राति १२ः०४ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले बताएका छन् ।
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २६५ पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस