काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र आधुनिकीकरणको बाटोमा नेपाल एक कदम अघि बढेको बताएका छन् ।
नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो ३ हजार सिट क्षमताको गोदावरी सनराइज सम्मेलन केन्द्रको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कतिपय मानिसले केही पनि काम भएन भनिरहेको बेला लगातार निर्माणका काम भई उद्घाटनका काम भइरहेको बताएका हुन् ।
यो देखेर केही मानिसहरु आत्तिएको उनले बताए । ‘कुनै विषय नपाए पछि केही मानिसले धरहरा तयार नहुँदै उद्घाटन गर्यो भने’, प्रधानमन्त्रीले भने ।
यसमा पनि त्यसो भन्न सक्ने बताउँदै उनले कसैको आदत नै नकारात्मक टिप्पणी गर्ने हुने बताए । त्यस्ता मानिसको पछि नलाग्न उनले आग्रह गरे ।
तयारी भन्दाछिटो कोभिड बढेकोले तिब्र तयारीमा सरकार जुटिरहेको उनले बताए । ‘मानिसहरुको ज्यान गइरहेको छ, यो बहुत दुःखको कुरा हो, यो ज्यान बचाउने कुरालाई सबैभन्दा महत्वपूर्ण विषय बनाएर सरकार हिँडिरहेको छ’, प्रधानमन्त्रीले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस