विराटनगर- शुक्रबार प्रदेश १ मा ७५१ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले आज १ हजार ६३० जनाको पीसीआर परीक्षण गरिएकोमा ३०० महिला र ४५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४२ हजार ६०७ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ७११ संक्रमणमुक्त भएका छन् । शुक्रबार ८४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ११ हजार २६९ पुगेको छ ।
मोरङमा ३५१, सुनसरीमा २१२, झापामा ४४, धनकुटामा ४२, तेह्रथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ९६ महिला र १४९ पुरुषसहित २४५, सुन्दरहरैचामा ४९, बेलबारीमा १३, बुढीगंगामा ११, धनपालथान र रंगेलीमा ४–४, जहदा र रतुवामाईमा ३–३, सुनबर्षी, उर्लाबारी, ग्रामथान, पथरीशनिश्चरे र लेटाङमा २–२, कटहरीमा १ र स्थानीय तह नखुलेका ८, सुनसरीको इटहरीमा १०८, धरानमा ४६, इनरुवामा २०, दुहवीमा १२, भोक्राहानरसिंहमा ७, बराहक्षेत्र र रामधुनीमा ४–४, गढी, देवानगञ्ज, बर्जु र कोशी गाउँपालिकामा २–२, स्थानीय तह नखुलेका ३, झापाको दमकमा ३६, गौरादह, मेचीनगर र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५ जनमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरी धनकुटाको चौवीसेमा १६, धनकुटा नगरपालिकामा १५, छथरमा ४, शहिदभूममिा ३, साँधुरीगढी, महालक्ष्मी, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङलुङमा १७, लालीगुराँसमा ७ र फेदापमा १, उदयपुरको त्रियुगामा ६, बेलकामा ५, उदयपुरगढी, चौदण्डीगढी र स्थानीय हत नखुलेका १–१, इलामको चुलाचुलीमा ३ र इलाम नगरपालिकामा १, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, पाँचथरको मिक्लाजुङमा १, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ५५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस