काठमाडौं- मकवानपुरको दुर्गम गाउँ कैलाश गाउँपालिका अहिले कोभिड महामारीसँग जुध्दै छ ।
कोभिड–१९ को महामारी नेपालको गाउँगाउँसम्म फैलिसकेको छ । मकवानपुरको कैलाश गाउँपालिकाको बैकुण्ठ पनि यसबाट अलग हुन सकेको छैन ।
कैलाश गाउँपालिकाको २ नम्बर वडामा पर्ने बैकुण्ठ गाउँमा २१ जनामा गरिएको परीक्षणमा आठ जनामा कोभिड संक्रमण पुष्टि भएको वडाध्यक्ष राजेज्द्र घिसिङले जानकारी दिएका छन् । अहिलेसम्म संक्रमितको अवस्था सामान्य रहेकोले स्वास्थ्यकर्मीको सल्लाह बमोजिम आ–आफनै घरमा आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेको उनले जानकारी दिए ।
संक्रमितहरुलाई थप उपचारका लागि कहाँ र कसरी लैजाने भन्ने विषयमा छलफल भईरहेको उनले बताएका छन् । गाउँमा अझै धेरै जनामा संक्रमण फैलिएको हुन सक्ने उनको आशङ्का छ ।
तत्काल किटको अभाव भएकाले परीक्षण गर्न नसकिएको र किटको लागि जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरिरहेको उनले बताए । गाउँमा संक्रमण पुष्टि भएपछि आवतजावतमा कडाइ गरिएको घिसिङले जानकारी दिए ।
यस अघि गाउँका १३ जना कृषि भ्रमणको लागि सल्यान गएको र उनीहरुले नै गाउँमा संक्रमण भित्रिएको हुनसक्ने घिसिङको अनुमान छ । भ्रमणमा जानेहरु मध्ये एक जनामा मात्रै संक्रमण पुष्टि भए पनि अन्यको परिवारमा संक्रमण फैलिएको उनले बताए ।
देशका ठूला शहर र अस्पतालमा समेत अत्यावश्यक अक्सिजन, औषधी, बेड, स्वास्थ्यकर्मी लगायत चरम अभाव झेलिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको आधारभूत सुविधा समेत नभएको गाउँमा संक्रमण फैलिनु चिन्ताको विषय भएको अध्यक्ष घिसिङले बताए । चिन्ता गरेर नहुने बताउँदै रोग नियन्त्रण र तयारीमा जुटेको उनले बताए ।
उनले भने, “देशका ठूला शहरका अस्पतालहरुको अवस्था हामीले देखिरहेका छौं, गाउँगाउँमा जहाँ स्वास्थ्योपचारको सुविधा नै छैन, यस्तो ठाउँमा फैलिनु गम्भीर चिन्ताको विषय हो, त्यसैले नागरिकलाई सचेत गराइ रोग नियन्त्रणको अभियानमा लागेका छौँ ।”
कैलाश गाउँपालिकामा हालसम्म ४६ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस