काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट चार हजार दुई सय पाँच जनाको ज्यान गएको छ । यो हालसम्मकै सर्वाधिक दैनिक संख्या हो ।
भारतमा देखिएको नयाँ भेरियन्टका कारण यति धेरै संख्यामा ज्यान गएको बताइएको छ । भारतीय नयाँ भेरियन्टलाई लिएर विश्वव्यापी चिन्ता बढेको छ । विश्व स्वास्थ्य संगठनले एक पत्रकार सम्मेलन नै गरेर भारतीय भेरियन्टबारे चिन्ता प्रकट गरेको हो । भारतमा विभिन्न भेरियन्ट फैलिएको पनि संगठनले जनाएको छ । भारतमा विशेषगरी आन्ध्र प्रदेश भेरियन्टलाई अत्यन्तै खतरनाक मानिएको छ ।
भारतमा सबैभन्दा फैलिएको चाहिँ युके भेरियन्ट मानिएको छ ।
भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५४ हजार नाघेको छ भने अस्पतालहरु भरिभराउ भएको छ । कैयन ठाउँमा नदीमा शव फाल्न थालिएको छ । भारतीय अस्पतालहरुले अक्सिजन अभाव अहिले पनि झेलिरहेका छन् । संक्रमण गाउँगाउँ सम्म फैलिएको, जताततै मृत्यु भएकाले मृतकको यकिन तथ्याक नआएको बताइएको छ ।
सो अवधीमा तीन लाख ४८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । सोमबार र मगलबार संक्रमण संख्या केही घटेको थियो । मंगलबार तीन लाख २९ हजारमा संक्रमण पुष्टि भएको थियो ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या ३७ लाख रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अरु ढेढ महिना संक्रमण र क्षतिको ग्राफ उकालो लागिरहने विभिन्न स्वास्थ्य संस्थाहरुले चेतावनी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस