काठमाडौँ- थापाथलीस्थित नर्भिक अस्पतालमा १८ दिनदेखि उपचारत पूर्व राजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । अस्पतालले प्रेस विज्ञप्तिमार्फत उनको स्वास्थ्य अवस्थामा निकै सुधार भएको जानकारी दिएको छ ।
अस्पताल भर्ना भएको केही दिनपछि उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । अस्पतालले स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आईसीयूबाट वार्डमा सारिएको जानकारी दिएको छ । लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका शाहको स्वाब रिपोर्ट नेगेटिभ आएपछि अक्सिजन दिन छाडिएको छ ।
यस्तै, पूर्व रानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा उनको लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ ।
पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस