काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण कोरोना संक्रमण अनियन्त्रित बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् ।
सदनमा सोमबार विश्वासको मतमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले यसबीचमा ठूल्ठूला समारोह, रथयात्रा गरेको र त्यहीँबाट ह्वात्तै कोरोना फैलिएको बताएका छन् ।
उनले भने, “दोस्रो लहर सुरु हुन लागिसकेको थियो । संकेतहरू देखिइसकेको थियो । ठूल्ठूला समारोह, रथयात्रा त्यहीँबाट ह्वात्तै कोरोना फैलिएको होइन । तपाईं प्रधानमन्त्रीजस्तो मानिसले अनुशासनका नबसेपछि कोभिड कन्ट्रोलका निम्ति आत्मानुशासन पालना नगरिदिएपछि अरूलाई भन्ने नैतिक अधिकार कसरी हुन्छ ? रथयात्रा अलि पछि गरे हुँदैनथ्यो र ! मैले त तपाईंलाई भनेकै थिएँ नि, मेरो निर्वाचन क्षेत्रमा अयोध्यापुरी बनाउने भनेर अगाडि बढ्नु भएको थियो, म पनि गएर हेरेँ । मलाई त खुसी छ, मेरो निर्वाचन क्षेत्रमा ठूलो धार्मिक, पर्यटकीय क्षेत्र बन्न लाग्यो ।
तपार्ईंलाई कोरोनाको यो दोस्रो लहर सुरु हुन लागेको बेला हजारौँको भीड जम्मा गर्नेगरी त्यतिबेलै गर्नुपरेको थियो त ? अलि पछि गरे पनि हुन्थ्यो । तपाईंले थुप्रै शिलान्यास गर्नु भयो । कयौँको न बजेट छ, न ठाउँको ठेगान छ । न कुनै योजना छ, तर तपार्ईंले शिलान्यास गरिदिनुभयो बालुवाटार बसेर !”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस