काठमाडौँ- सरकारका कामहरू प्रष्ट देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । सोमबार विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले तस्बिर आफै बोल्छ भनेजस्तै हाम्रा उपलब्धिहरू आफै बोलेकाे बताएका हुन् ।
उनले भने , “व्यावहारिक रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा राष्ट्रिय हितलाई सर्वोपरी राखेर, राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने सवालमा वर्तमान सरकारले कुनै कसर बाँकी राखेको छैन । तस्बिर आफै बोल्छ भनेजस्तै हाम्रा उपलब्धिहरू आफै बोल्छन् । म विश्वास गर्छु, हामी सार्वभौम जनताको प्रतिनिधित्व गरेर यहाँ उभिएका छौँ, सार्वभौम जनताको प्रतिनिधित्व हामी गर्छौँ । यस्तो अवस्थामा स्वार्थबाट निर्देशित भएर होइन, कहाँ आबद्ध छु भनेर हैन । सत्यलाई पछ्याएर निर्णय गर्नुपर्छ । हामीलाई सत्यलाई पछ्याउछौं भने वर्तमान सरकार कुनै हिसाबले विश्वास नगर्नुपर्ने सरकार होइन । एउटा अग्नी परीक्ष होइन ।”
राष्ट्रियताको सवालमा नेपालले अन्तर्राष्ट्रिय सवालमा खेलेको भूमिकाहरूमा नेपाल सुनिन थालेको, देखिन थालेकोसमेत प्रधानमन्त्री ओलीले दाबी गरे ।
उनले भने, “मैले धेरै स्मरण गराइराख्नु पर्दैनजस्तो लाग्छ । राष्ट्रियताको पक्षमा त्यति सुदृढ र व्यवस्थित सरकालाई विश्वास नगर्नुपर्ने कुनै कारण छैन। “
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस