काठमाडौं- विश्वासको मत लिनका लागि प्रधानमन्त्री केपी ओलीलाई डाकिएको संसद्को विशेष अधिवेशन एकछिनमा सुरु हुँदैछ । भाग लिन सांसदहरू संसद् भवनमा पुगिसकेका छन् ।
यो बैठकमा विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि मतदान हुनेछ । नेता एमालेका माधव नेपाल पक्षका सांसदहरू अनुपस्थित हुने निर्णय गरेकोले ओलीले विश्वासको मत पाउने संभावना छैन । जनता समाजवादी पार्टीको महन्थ ठाकूर र राजेन्द्र महतो समूह तटस्थ बस्ने निर्णय गरेको छ भने उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले विपक्षमा मतदान गर्ने भएको छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन् । यो अंकगणितअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन १ सय ३६ सांसदको समर्थन चाहिन्छ । अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ ( २ निलम्बित ) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन् । नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् ।
ओलीले माधव पक्ष अनुपस्थित भएपछि सयभन्दा कम मत पाउने देखिन्छ । माधव पक्षले राजीनामा नदिँदा विश्वासको मत लिन आवश्यक पर्ने संख्या घटेको छैन । अहिले अुनपस्थित भए पनि वैकल्पिक सरकार बनाउने बेला राजीनामा दिएर विपक्षी गठबन्धनलाई सघाउने संभावना छ ।
ओलीले विश्वासको मतमा फेल भएपछि आजै राजीनामा दिनेछन् । राष्ट्रपतिले ७६ (२) अनुसार बहुमतीय सरकार बनाउन दलहरूलाई आव्हान गर्नेछिन् । विश्वासको मत नपाए ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतले अल्पमतको प्रधानमन्त्रीका रुपमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी गर्ने र अल्पमतको प्रधानमन्त्रीका रुपमा चुनाव घोषणा गर्ने ओलीको योजना छ । तर राष्ट्रपतिले संसदीय अभ्यासको स्थापित प्रचलन र नजिरअनुसार सिधै ७६ (३) प्रवेश नगरी ७६ (२) अनुसार बहुमतीय सरकार बनाउन दलहरूलाई आग्रह गर्ने तयारीमा छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस