सोल – ‘देश बिकास मुख्य आधार शैक्षिक क्षत्रमा सुधार’ भन्ने नाराका साथ नेपालको दुर्गम क्षत्रका बालबालिकाको शैक्षिक क्षत्रमा सहयोगार्थ किरात राई यायोक्खा बुसान दक्षिण कोरियाले सलनालको अवसर पारेरन बुसानमा गर्न लागेको “यलम्बर साङ्गितिक सौगात भाग- १” कार्यक्रम गर्ने भएको छ |
सो बिषयमा जानकारी दिन् बुसानका विभिन्न संघ संस्था, पत्रकार, बुद्धिजिवी लगायत अन्य व्यक्तिहरुलाई आमन्त्रण गरेर संयुक्त बैठक तथा पत्रकार सम्मेलन गत आइतबार बुसान यक स्थित न्यु लिटिल इन्डिया रेस्टुरेन्टमा कार्यक्रम गरिएको थियो |
उक्त कार्यक्रममा आयोजक किराया बुसानले “यलम्बर साङ्गितिक सौगात भाग-१” को लागि छनौट गरिएका कलाकार हरुको नाम सङ्गै पोस्टर सार्बजनिक गरेको थियो । नेपालबाट अहिलेका सर्बाधिक चर्चामा रहेका गायक राजेश पायल राई, चर्चित गायिका मिलन अमात्य, गायिका साथै बेलि डान्सरका रुपमा स्थापित पृती आले मगर, लोक गायिका कोमल वलि, गायिका कला राई, हास्य कलाकार राजा राजेन्द्र पोख्रेल, गायक राजेश पुमा राई र हट डान्सर रन्जिता लिम्बू आउने भएका छन ।
न्यू लिटिल इन्डिया नेपाली रेस्टुरेन्टमा डिसेम्बर ४ तारिक आइतबारका दिन सम्पन्न उक्त कार्यक्रममा ण्र्णा बुसान का अध्यक्ष रबिन राई, ण्च्च बुसान का अध्यक्ष सङ्गीत अधिकारी, ण्च्च बुसानका सस्थापक भु पु अध्यक्ष एल बि बिस्ट, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष खेम कार्कि , आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका उपाध्यक्ष कुमार भुजेल , बाहिङ किरात राई द कोरियाका अध्यक्ष सुनिल दिप्त राई, सङ्घिय सामाजबादी फोरम द कोरियाको सचिव सक्सेस राई मकवानपुर कोरिया मन्चका पुर्ब अध्यक्ष तथा समाजसेवी रमेश उप्रेती, बुसान नेपाली आवास गृहका सचिब नवीन के सि, ण्च्च बुसानका बरिस्ठ उपाध्यक्ष गोबिन्द कठायत, याक्थुङ सयुङ गजेदोका प्रतिनिधि चन्द्र सम्बाहाम्फे, किम्हे माइग्रेन्टका प्रतिनिधि हरि थपलिया, प्रबासी नेपाली महिला समाजकी अध्यक्ष प्रतिमा आले, एभ्रेस्ट फुटबल क्लब का म्यानेजर किरण अधिकारी लगायत अन्य सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस