काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा ४ लाख ३ हजार ७ सय ३८ कोभिड संक्रमित थपिएका छन् ।
सो अवधिमा ४ हजार ९२ जना कोभिड–१९ संक्रमितको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा पछिल्लो पाँच दिन यता दैनिक निरन्तर ४ लाखभन्दा माथि संक्रमित थपिरहेका छन् । गएको बिहीबार सबै भन्दाबढी ४ लाख १४ हजार संक्रमित थपिएका थिए ।
दैनिक ज्यान गुमाउने दर पनि दुई दिनदेखि ४ हजार भन्दामाथि पुगिरहेको छ । हिजो शनिबार ४ हजार एक सय ८७ को ज्यान गएको थियो । यससँगै भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २ लाख ३८ हजार पुगेको छ ।
हालसम्म भारतमा कोभिड–१९ संक्रमितको संख्या २ करोड १८ लाख पुगेको छ । जसमध्ये एक करोड ७९ लाख संक्रमणमुक्त भएका छन् ।
हाल भारतमा सक्रिय कोभिड–१९ संक्रमितको संख्या ३७ लाख ३६ हजार भन्दाबढी रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा ५६ हजार ५ सय ७८ जना संक्रमित थपिएका छन् । त्यसैगरी कर्नाटकमा ४७ हजार ५ सय ६३ जना थपिएका छन् । केरला, उत्तर प्रदेश र तमीलनाडु लगायत राज्यमा पनि संक्रमणको दर उच्च रहेको छ ।
भारतमा अहिले कम्तीमा ५० हजार संक्रमितहरु आइसीयुमा र १४ हजार संक्रमितहरु भेन्टिलेटरमा उपचाररत रहेको तथ्याङक भारत सरकारले सार्वजनिक गरेको छ ।
तमिल नाडुमा पनि मे १० देखि २४ सम्मका लागि पुर्ण लकडाउन घोषणा भएको छ । कोभिड–१९ महामारीले भिषण रुप लिएपछि भारतका १४ भन्दा बढी राज्यहरुमा लकडाउन जारी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस