नया दिल्ली- छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको दोस्रो लहरले भयावह अवस्था सिर्जना गरिरहेको बेला बुधबार मात्रै भारतभर एकैदिनमा ४ लाख १२ हजार ७८४ जना नयाँ संक्रमित थपिएका छन् ।
यसअघि अप्रिल ३० मा पहिलो पटक एकैदिन संक्रमितको संख्या ४ लाख पार गरेको थियो । त्यसपछिका केही दिन संक्रमण घटे पनि बुधबार नयाँ रेकर्ड बनेको हो ।
अप्रिल ३० मा भारतभर १९ लाख ४० हजार मानिसको स्वाब परीक्षण गरिएको थियो भने मंगलबार १५ लाख ४० हजारको मात्र परीक्षण गरिएको थियो । संक्रमितसँगै भारतमा दैनिक मृत्युमा पनि बुधबार नयाँ रेकर्ड बनेको छ ।
बुधबार भारतमा ३ हजार ९८० जना संक्रमितले ज्यान गुमाएका छन् । उत्तर प्रदेश, कर्नाटक, हरियाणा, पञ्जाब, तमिलनाडू र महाराष्ट्र राज्यमा धेरै संक्रमितको मृत्यु भएको छ ।
भारतमा पहिलो लहरमा संक्रमितको दैनिक संख्या एक लाख पार गरेको थिएन । अहिले दैनिक चार लाख संक्रमित थपिएका छन् । जसका कारण भारतमा अहिले पूरै स्वास्थ्य क्षेत्रमा भयावह अवस्था देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस