काठमाडौँ- निषेधाज्ञाको अघिल्लो दिन अर्थात बैशाख १५ गते काठमाडौं जिल्लामा मात्रै सक्रिय संक्रमितहरु १ हजार ४१४ जना थिए ।
निषेधाज्ञाको पहिलो दिन बैशाख १६ गते काठमाडौं जिल्लामा १ हजार १२७ जना संक्रमित देखिए । यो अघिल्लो दिनको भन्दा थोरै कम थियो । तर, निषेधाज्ञाको दोस्रो दिन अर्थात् बैशाख १७ गते संक्रमितहरु ह्वात्तै बढेर २ हजार ४०४ जना पुगे । बैशाख १८ गते घटेर १ हजार ९३२ जनामा सीमित भयो । तर, बैशाख १९ गते बढेर अहिलेसम्मकै धेरै २ हजार ७४४ जना पुगेका छन् ।
ललितपुरमा पनि घटेनन् संक्रमित
सरकारले निषेधाज्ञा जारी गरेको चार दिनको यस अवधिमा ललितपुर जिल्लामा पनि संक्रमितहरु दिनहुँ बढिरहेका छन् ।
निषेधाज्ञाको अघिल्लो दिन बैशाख १५ गते ललितपुरमा ३१५ जना संक्रमित थिए । बैशाख १६ गते निषेधाज्ञाको पहिलो दिन यो संख्या घटेर २५२ मा खुम्चिएको थियो । तर, बैशाख १७ गते बढेर ४१९ पुग्यो । बैशाख १८ गते अलिकति घटेर ३५५ भयो । तर, हिजो बैशाख १९ गते ललितपुरमा संक्रमितहरुको संख्या बढेर ५५० पुगेको छ ।
भक्तपुरमा पनि उस्तै
सरकारले निषेधाज्ञा जारी गरेको चौथो दिनसम्म भक्तपुर जिल्लामा पनि संक्रमणको दरमा कमी आएको छैन । तथापि भक्तपुरमा संक्रमितहरु काठमाडौं र ललितपुरको तुलनामा निकै कम छन् ।
बैशाख १५ गते भक्तपुरमा सक्रिय संक्रमितहरु २३२ जना थिए । बैशाख १६ गते १८२ जना देखिए । बैशाख १७ गते यो संख्या घटेर बढेर १३३ मा झ¥यो । तर, बैशाख १८ मा बढेर २०८ पुग्यो । हिजो बैशाख १९ गते झन बढेर ३०१ पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस