काठमाडौं- महामारीमा प्रधानमन्त्री केपी शर्मा ओली गैरजिम्मेवार बन्दै गएको नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना आरोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले हात उठाइसकेको अवस्थामा कोरोना नियन्त्रण प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु आपत्तिजनक भएकोसमेत थापाको भनाई छ ।
ट्वीटरमा उनले भनेका छन्, ूकोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन। सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ । तर प्रधानमन्त्रीज्यू यो लडाइमा ‘हामी सक्दैनौँ´ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने! आपत्तिजनक छ। ”
स्वास्थ्य मन्त्रालयले शुक्रवार अपिल जारी मुलुकको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्दै अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्थामा पुगेको जनाएको थियो। ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ’ मन्त्रालयले भनेको छ।
स्रोतसाधन सदुपयोग गरी अवस्था कठिन भए पनि क्षति न्युनीकरण गर्न सकिने ठाउँ भएको थापाको भनाई छ। यसका लागि प्रधानमन्त्री ओली अहंकारको धरहराबाट ओर्लनुपर्ने उनको सुझाव छ। थापाले भने,”कठिन छ, तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ। त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ
। प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यता को धरहराबाट ओर्लनुस्। “
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस