काठमाडौँ- बिहीबारदेखि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको भए पनि त्यसको उल्लंघन गर्नेको संख्यामा बढोत्तरी भएकोे छ ।कोरोना संक्रमणको दोस्रो महामारीलाई नियन्त्रण गर्न बिहीबार बिहानैदेखि लगाइएको निषेधाज्ञा उल्लंघन गर्ने २ हजारभन्दा बढी सडक यात्रु र २ हजार सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइएको छ ।
निषेधाज्ञा उल्लंघन गर्ने सडक यात्रुलाई होल्डिङ सेन्टरमा राखिएको थियो भने सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
हजार ३ सय ६० मोटरसाइकललाई नियन्त्रणमा लिइएको थियो । सुरक्षा निकायले विभिन्न बहाना बनाएर सवारीसाधन लिएर हिँड्नेहरुलाई बिहीबार पहिलो दिन भएकाले सम्झाएर बेलुका ७ बजेपछि सवारीसाधन छोडिएको थियो भने अबदेखि भने सवारी चालकलाई समेत थुनेर कारबाही गर्ने तयारी गरेको छ ।
बहाना बनाएर हिँडेका ३ सय ८५ साना सावारीसाधन र १ सय ८५ वटा ठूला सवारीसाधनलाई नियन्त्रणमा लिएको एसपी अधिकारीले जानकारी दिए । यता बिहीबार पनि राजधानी उपत्यका छोड्नेको संख्यामा कमी आएको छैन । राजधानी बाहिरबाट आएका सवारीसाधनलाई नयाँ बसपार्क प्रवेश गर्न दिइएको छ भने राजधानीबाट बाहिर जाने सवारीसाधनलाई रोक लगाएपछि सवारी चालकहरुले काठमाडौ र धादिडको सीमा क्षेत्र पीपलामोडबाट यात्रु लिएर गन्तव्यतर्फ लागेका छन् ।
राजधानीका विभिन्न ठाउँबाट हिँडेर कलंकी, थानकोट हुँदै यात्रुहरु पिपलामोड पुगेपछि त्यहाँबाट सवारीसाधनले यात्रुहरु ओसार्ने काम गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस