काठमाडौँ– मनकामना केबुलकार बन्द गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आदेश दिएको छ। उक्त आदेशप्रति स्थानीय व्यवसायीदेखि यात्रुले असन्तुष्टि व्यक्त गरेका छन् ।
मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनलाई बाहिरबाटै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पूजा चलाइरहेको अवस्थामा केबुलकारलाई बन्द गर्नु असान्दर्भिक रहेको कम्पनीको भनाइ छ ।
सरकारको निर्णय अनुसार मन्दिरमा नित्य पूजा, ध्यान तथा प्रार्थना मात्र गर्ने–गराउने आदेश भएको र सार्वजनिक यातायातमा समेत स्वास्थ्य मापदण्ड तोकिई चलाउने व्यवस्था भएको छ ।
केबुलकारमा समेत यही लागू हुने सरोकारवालाको बुझाइ छ ।
मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले मन्दिर बन्द गर्दैमा केबुलकार बन्द गर्नू भन्ने जिल्ला प्रशासन कार्यालय गोरखाको मौखिक आदेश नेपाल सरकारको आदेशसँग बाझिएको बताए ।
सञ्चालक श्रेष्ठले भने, “मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमै प्रवेश निषेध गर्नु न्यायोचित नहुनुका साथै मानव अधिकारमा र व्यावसायिक अधिकारमा ठाडो हस्तक्षेप हो।”
उनले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्ने र सचेत रहने कुरामा जोड दिँदै केबुलकार सञ्चालन गर्न पाउनुपर्नेमा जोड दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस