काठमाडौँ- नेकपा एमाले इतिहासमै कठिन मोडमा रहेको नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले बताएका छन्। बिहीबार शुभकामना दिँदै नेपाल कम्युनिस्ट पार्टीको ७२ औ स्थापना दिवसका अवसरमा उनले यस्तो बताएका हुन्।
पछिल्लो समय एमाले विभाजन रोक्न सक्रिय रहेका भट्टराईकै पहलमा बुधबार राति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घण्टा लामो वार्ता भएको थियो।
उनले भने, “एकता र विभाजनको लामो श्रृङ्खला पार गरेको नेपालको कम्युनिस्ट आन्दोलन नेपाली समाजको लोकतान्त्रिक रुपान्तरणको अभिन्न पक्ष बन्न पुगेको छ। यो आन्दोलनले आजसम्म भोगेका कठिन मोडहहरुमध्ये आज सबैभन्दा कठिन अवस्थामा रहेको छ।’
भट्टराईले एमालेको एकता जोगाउन पनि सबैलाई अपिल गरेका छन्। ‘नेकपा एमालेको एकता जोगाउँदै कम्युनिस्ट आन्दोलनको रक्षा गर्न कम्युनिस्ट आन्दोलनका सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु गम्भीर बनौँ र विवेकसम्मत ढंगले अघि बढौँ’, उनले भनेका छन्।
त्यसक्रममा भट्टराईले संस्थापक नेताहरु पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारानविलास जोशी र मोतीदेवी श्रेष्ठ लगायतलाई पनि सम्झिएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस