काठमाडौँ- पाकिस्तानको क्वेटा शहर स्थित होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ । पाकिस्तानी सञ्चारमाध्यमले अरु ११ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएका छन् ।
क्वेटा शहरको सेरेना होटलको कार पार्किङ्ग क्षेत्रमा बम बिस्फोट भएको हो । आक्रमणकारीले पाकिस्तानका लागि चिनियाँ राजदूतलाई निशाना बनाउन खोजेको हुन सक्ने बताइएको छ ।
पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रशिद अहमदले सेरेना होटलमा चिनियाँ राजदूत बस्दै आएका तर आक्रमणका बेला उनी त्यहाँ नरहेको बताएका छन् । राजदूत नोङ्ग रोङ्ग सुरक्षित रहेको उनले बताएका छन् ।
बिस्फोटक पदार्थले भरिएको कार होटलको पार्किङ्ग क्षेत्रमा गएर बिस्फोट भएको मन्त्री अहमदले स्थानीय एअर न्यूज च्यानललाई बताएका छन् ।
आक्रमणको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ । पछिल्लो महिनाहरुमा तालिबानसहितका सशस्त्र समूहले अफगानिस्तानसँगको सीमा क्षेत्रका आदिवासी क्षेत्रहरुमा आक्रमण गर्दै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस