एजेन्सी – संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले मेक्सिकोमा अरु देशहरुबाट आएका आप्रवासी बालबालिकाको संख्या बढ्दै गएको देखिएको बताइएको छ । सो प्र्रतिवेदनले यो वर्ष अर्थात् सन् २०२१ लागेपछि मेक्सिकोमा अवैधानिक रुपबाट आइपुग्ने बालबालिकाको संख्या करिब ३ हजार ५०० जति पुगिसकेको देखाएको समाचारमा जनाइएको छ ।
यसरी मेक्सिको छिर्नेमध्येका करिब ३० प्रतिशत बालबालिका आफ्ना आमाबुबा या अभिभावक विना नै त्यहाँ पुग्ने गरेका छन् । यो क्रम प्राय दिनहूजसो हुने गरेको बताइन्छ । उनीहरु हाल मेक्सिकोका विभिन्न आश्रयस्थलमा बस्ने गरेका छन् । ती आश्रयस्थलमा बसेकाहरुसँग कुने कागजात पनि नभएका र आफ्ना अभिभावक पनि नभएका पाइएको छ ।
ती बालबालिका अधिकांश होन्डुरस, ग्वाटेमाला, एल साल्भाडोरका रहेका छन् । त्यस्तै तिनै बालबालिकासँग मिसिएर आश्रयस्थलमा बस्ने कतिपय त मेक्सिकोकै बालबालिका पनि रहेका यहाँका अधिकारीहरुले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघले सन् २०२० का पहिला केही महिनाहरुमा यहाँ पुग्ने बालबालिकाको संख्या ३८० मात्र रहेकोमा अहिले चालू वर्षको शुरुआतमै यति धेरै संख्यामा ती बालबालिका मेक्सिको पुगेको जनाएको छ ।
मेक्सिकोबाट ती बालबालिका दिनहूँ सयौँको संख्यामा अमेरिका प्रवेश गर्ने अवसर कुरेर बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ । यहिले यसरी ती देशहरुबाट भागेर मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने प्रयासमा वयस्कहरु पनि रहेका छन् । यसैमा यी बालबालिका पनि अमेरिका छिर्ने प्रयासमा देखिएको पाइन्छ ।
हुनत मेक्सिको र ती देशबाट अमेरिका छिर्ने नागरिकहरु यस अघि पनि रहने गरेकामा अहिले कोभिड १९को महामारीका कारण पनि बालबालिका ती देशबाट भाग्ने गरका पाइएको समाचारमा जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस