जलेश्वर– विश्वजगत् कोरोनाको दोस्रो लहरबाट आक्रान्त हुन थालेको अवस्थामा महोत्तरी जिल्लामा कोरोनासँग लड्ने कुनै तयारी छैन । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका कुनै पनि स्थानीय तहले बढ्दै गएको कोरोना सङ्क्रमणको सामना गर्नका लागि कुनै पनि चासो देखाएको छैन ।
छिमेकी मुलुक भारतको विहार राज्यमा दिनानुदिन कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा महोत्तरीको १३.८ किलोमिटर भारतसँग जोडिएको खुला सीमा नाकाले यस जिल्लालाई समेत प्रभावित पार्न थालिसकेको अवस्थामा पनि यहाँका कुनै पनि सम्बन्धित निकायले त्यसप्रति ध्यान दिएका छैनन् । वैशाखको १ गतेदेखि ६ गतेसम्म मात्रै महोत्तरीमा तीन महिला र १५ पुरुषसहित १८ जना सक्रिय कोभिड सङ्क्रमित भइसकेका छन् ।
कोभिड– १९ सँग सामना गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने स्वास्थ्य कार्यालय जलेश्वर, महोत्तरीका वरिष्ठ जनस्वास्थ्य अधिकृत नगेन्द्रप्रसाद चौधरीले आफूहरुसँग केही पनि नरहेको र सबै अधिकार स्थानीय तहमा गइसकेकाले यस महामारीसँग लड्न अस्पतालमा हाल कुनै पनि तयारी नरहेको बताउनुभयो ।
उहाँले जिल्लाका सबै स्थानीय तहलाई तीन÷चार दिनपूर्व नै कोरोनाविरुद्धको तयारीमा लाग्न पत्राचार गरिसकेको र प्रत्येक पालिकाका स्वास्थ्य संयोजकलाई बोलाएर आवश्यक निर्देशनसमेत दिइसकेको भए पनि कुनै पनि पालिकाले अहिलेसम्म त्यसका लागि कुनै पनि तयारी नगरेको बताउनुभयो ।
उहाँले अहिले जिल्ला अस्पतालसहित कुनै पनि पालिकामा क्वारेन्टिन, आइसोलेशन, हेल्थ डेस्क, स्वास्थ्यकर्मी परिचालनलगायतका कुनै व्यवस्था नरहेको बताउनुभयो । उहाँले जिल्लामा कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै जिल्लाको सीमा नाकामा तुरुन्त हेल्थडेस्क पुनःस्थापना गर्न, जिल्ला अस्पताल तथा प्रत्येक पालिकामा क्वारेन्टिन र आइसोलेशन पुनःस्थापना गर्न र पर्याप्त सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन गर्न आवश्यक भएको बताउनुभयो ।
स्वास्थ्य कार्यालयबाट प्रत्येक पालिकालाई मास्क, स्यानिटाइजर, पिपिइ गाउन, बुट, गगल्स पठाइसकिएको र मागबमोजिम अझै पनि पठाउने क्रममा जारी रहेको उहाँके भनाइ थियो ।
भरतपुरका विद्यालय बन्द ः परीक्षा नियमित
चितवन– सरकारले कोरोना भाइरसबाट प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेसँगै आजदेखि भरतपुर महानगरपालिकाका सबै शैक्षिक संस्था बन्द भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै भरतपुर महानगरका सबै विद्यालय, क्याम्पस, ट्युसन सेन्टर र तालीम केन्द्रमा विद्यार्थीको भौतिक उपस्थिति नहुने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।
विद्यालय बन्द गरी अनलाइन कक्षा भने नियमित सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । जिल्लाका अन्य पालिकाको हकमा भने यो निर्णय लागू हुने छैन । अर्को निर्णय नभएसम्मका लागि विद्यालय नियमित सञ्चालन हुने लामिछानेले बताउनुभयो ।
भरतपुर महानगरपालिकाभित्रका तीन विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ । विद्यालय र क्याम्पसका पूर्वनिर्धारित परीक्षा भने आलोपालो र सिफ्टमा गरिएको लामिछानेले जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस