वि.सं.२०७८ साल बैसाख ०४ गते । शनिबार । ईश्वी सन् २०२१ अप्रिल १७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि– पंचमी,२८ घडी २९ पला,बेलुकी ०५ बजेर ०३ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–मृगशिरा,४४ घडी १९ पला,बेलुकी ११ बजेर २३ मिनेट उप्रान्त आद्रा । योग– शोभन,२७ घडी ३९ पला,बेलुकी ०४ बजेर ४३ मिनेट उप्रान्त अतिगण्ड । करण–बालव,बेलुकी ०५ बजेर ०३ मिनेट उप्रान्त कौलव,रातको ०५ बजेर ४६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–बृष,बिहान १० बजेर २० मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २९ मिनेट । दिनमान ३२ घडी ०३ पला । भ.पु.छुमागणेशयात्रा।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन शकिनेछ । सामाजिक काम गरि जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पति तथा धातु संग्रह गर्न सकिनेछ । रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दागर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिन सकिन्छ ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समयमा यात्रा हुने तथा विदेशसँग सम्बन्धीत कामहरु हुनेछन् । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ भने व्यापारमा नयाँ लगानी थप्न सकिनेछ । ईमान्दार तथा लगनशिल भएर लाग्नाले ठुलो उपलब्धी हासिल गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तापनि यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरि सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बित्तिय क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय फलदायी रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
बुवा तथा बुवा सरहका व्याक्तीबाट भरपुर सहयोग प्राप्त हुने भने बिद्या तथा बादबिवाद प्रतियोगितामा प्रतियोगिहरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । नीति निर्माण तहमा तपाईँको सहभागिताले महत्वपूर्ण भुमिका खेल्नेछ भने कार्यक्षेत्रमा सबैको मन जित्दै प्रभुत्व जमाउन सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाइकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो लगानिबाट सुरु गरिएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईँको सहभागिता हुनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाब बढ्ने योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिहानको समय राम्रो रहेकोले व्यापार तथा यात्रासँग सम्बन्धीत कामबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्ध थप प्रगाड हुनेछ । वीलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा चेलीमाईती बीच मनमुटाब बढ्ने योग रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार तथा जागिरमा सन्तुष्ट हुने समय रहेकोछ । व्यापार तथा व्यापार बिस्तारकै सवालमा लामो दुरिको यात्रा हुनेछ । पढाइ लेखाइमा छात्रछात्राले राम्रो नतिजा ल्याउनेछन् । घरबाहिर लिने अडानले राम्रो उपलब्धी हासिल हुनेछ । भौतिक सम्पती तथा बिलाशी बस्तुकोे प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सामाजिक नेतृत्व हात लागी हुने ग्रहयोग रहेकोछ । न्यायिक निर्णयहरु तपाईँको पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । प्रयन्न गर्दा लामो समय देखि रोकिएर बसेका कामहरु सुचारु हुनेछन् । आफन्त तथा मावली पक्षको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा बित्तिय क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाउदा मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भागलिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ । तरपनि मन्दिर वा धार्मिक प्रतिष्ठान तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस