काठमाडाैं-एमाले उपमहासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीको कुर्सीमा टाँस्सिरहने तृष्णाका कारण मुलुकको वर्तमान जटिलता सिर्जना भएको बताएका छन् ।
बहुमत भएको नेकपालाई विभाजनमा ल्याउने र वाम गठबन्धन भत्काउने अवस्था आउनुमा ओली नै जिम्मेवार भएको उनको भनाइ छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा भुसालले प्रधानमन्त्री ओलीले सरकारमा बस्ने तृष्णा र अहंकार राखेकै कारण मुलुक यो अवस्थामा आइपुगेको आरोप लगाए ।
संसद् पुनस्र्थापना भएपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर ओली गुटकै अर्को प्रधानमन्त्री बनाएको भए पनि वाम गठबन्धन जोगाउन सकिने अवस्था रहेकोमा त्यसो हुन नसकेको उनले बताए ।
अहिले आफूहरू (खनाल–नेपाल पक्ष) न विभाजन न समर्पणको नीतिमा रहेको पनि उनले बताए । उनले ओलीका कारण उत्पन्न राजनीतिक समस्या समाधानका लागि आफूहरू अन्तर्संघर्षमा होमिएको बताए । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस