वि.सं.२०७७ साल चैत्र ३० गते । सोमबार । ईश्वी सन् २०२१ अप्रिल १२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि– औशी,०४ घडी २२ पला,बिहान ०७ बजेर ३० मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–रेवती,११ घडी ३० पला,बिहान ११ बजेर ०९ मिनेट उप्रान्त अश्विनी । योग– वैधृति,२१ घडी १७ पला,दिउसो ०२ बजेर १६ मिनेट उप्रान्त विष्कुम्भ । करण–नाग,बिहान ०७ बजेर ३० मिनेट उप्रान्त किंस्तुध्न,बेलुकी ०८ बजेर २१ मिनेट उप्रान्त बव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–मीन,बिहान ११ बजेर ०९ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ४४ पला । सोमवारे औशी, हलो तथा निशिवार्ने, विश्व ज्योतिष महासंघको २५ औँ स्थापना दिवस, धनिष्टा पञ्चक समाप्ति ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समयमा यात्रा हुने तथा विदेशसँग सम्बन्धीत कामहरु हुनेछन् । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ भने व्यापारमा नयाँ लगानी थप्न सकिनेछ । ईमान्दार तथा लगनशिल भएर लाग्नाले ठुलो उपलब्धी हासिल गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तापनि यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आम्दानिका नयाँनयाँ स्रोतहरु प्राप्त हुनेछ भने व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । खनिज पदार्थ तथा तरल पदार्थसँग सम्बन्धीत बस्तुको व्यापार फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
उच्च तथा बिशिष्ट व्याक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेकोछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनीति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्ने हुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुन सक्छ ध्यान दिनुहोला ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
बिहानको समय राम्रो रहेकोले व्यापार तथा यात्रासँग सम्बन्धीत कामबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्ध थप प्रगाड हुनेछ । वीलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा चेलीमाईती बीच मनमुटाब बढ्ने योग रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार भावमा गोचर गर्ने शुभ चन्द्रमाले बिलाशी तथा भौतिक वस्तुको व्यापार व्यावसायबाट प्रशस्त धन सम्पति कमाउन सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु हुनेछन् । प्रणय सम्बन्ध सुमधुर भएर जानेछ । पढ्ने लेख्ने काममा मनजाने तथा पुरस्कार जित्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रतिस्पर्धामा विजयको योग रहेकोछ । विवाद तथा न्यायिक फैसलामा तपाईकै जित निश्चित छ । राम्रा तथा परिणाममूखि व्यापारमा लगानी बढाई आम्दानि दोब्बर पार्न सकिनेछ । मामा,मावली तथा आफन्तको सहयोगले अगाडी बढ्न प्रेरित गर्नेछ । अध्ययनमा समय दिने बिद्यार्थीहरुका लागी समय राम्रो रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा व्यावधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाइ लेखाइमा अरु भन्दा पछी परिनेछ । तरपनि सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाउदा मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भागलिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ । तरपनि मन्दिर वा धार्मिक प्रतिष्ठान तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राम्रा तथा पुरुषार्थी काम गरी नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । उत्पादन क्षेत्रमा गरिएको लगानि फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड बनाउदै लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ । खेलकुल,यात्रा तथा पत्रकारीतामा समय लगानी गर्नेहरुका लागी समयले राम्रो प्रतिफल दिनेछ । बिहानको समयमा कुटुम्बसँग मनमुटाब बड्न सक्छ ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । गाएन तथा मोडलिङ पेशा व्यावसायमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाइ लेखाइमा मान नजाने तथा नतिजा अरुकै पोल्टोमा पर्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाईनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस